Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बढ्यो सुनको मूल्य, तोलामै १ लाख १२ सय रूपैयाँ पुग्यो

बढ्यो सुनको मूल्य, तोलामै १ लाख १२ सय रूपैयाँ पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ६, २०७९ बुधवार • ११:२१:०८ बजे
  • 907
    SHARES
  • बढ्यो सुनको मूल्य, तोलामै १ लाख १२ सय रूपैयाँ पुग्यो

    नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख १२ सय रूपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै सुनको भाउ तोलामा १ लाख १२ सय रूपैयाँ पुगेको जानकारी दिएको हो ।

    images

    यसका लागि आजै तोलामा ८०० रूपैयाँले सुनको मूल्य बढेको छ । छापावाल सुनको मूल्य तोलामा १ लाख १२ सय रुपैयाँ कायम हुँदा तेजाबी सुनको मूल्य तोलामा १ लाख ७०० रुपैयाँ कायम छ । हिजो मंगलबार सुनको मूल्य तोलामा १ लाख ४०० र तेजाबी सुनको मूल्य तोलामा ९९ हजार ९०० रुपैयाँ थियो ।

    पछिल्लो समय सुनको मूल्य निरन्तर बढिरहेको छ । पुस महिनामा मात्रै सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेको छ । महिनाको पहिलो दिन सुनको मूल्य तोलामा ९९ हजार ९०० रुपैयाँ थियो ।

    जुन, अहिले बढेर १ लाख १२ सय रुपैयाँमा पुगेको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज तोलामा २५ रुपैयाँले बढेर चाँदीको मूल्य १४ सय रुपैयाँ पुगेको छ । हिजो मंगलबार यसको मूल्य तोलामा १३ सय ७५ रुपैयाँ थियो ।

  • सम्बन्धित विषय:

  • # बढ्यो सुनको मूल्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology