Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

फ्रान्सेली नागरिक चार्ल्स शोभराज नेपालबाट ‘डिपोर्ट’

फ्रान्सेली नागरिक चार्ल्स शोभराज नेपालबाट ‘डिपोर्ट’

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ८, २०७९ शुक्रवार • १८:१४:५७ बजे
  • 790
    SHARES
  • फ्रान्सेली नागरिक चार्ल्स शोभराज नेपालबाट ‘डिपोर्ट’

    फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई नेपालबाट देश निकाला ‘डिपोर्ट’ गरिएको छ । ‘बिकिनी किलर’ भनेर चिनिएका चार्ल्स शोभराजलाई अध्यागमन विभागले डिपोर्ट गरेको हो ।  अध्यागमन विभागकी निमित्त महानिर्देशक प्रदर्शन कुमारीका अनुसार ‘१० वर्ष नेपाल प्रवेश गर्न नपाउने निर्णय गरिएको छ ।’

    images


    उनी १९ वर्षदेखि नेपालको कारागारमा थिए । शोभराजलाई पुस ६ मा सर्वोच्च अदालतले कैद सजाय घटाएर रिहा गर्न आदेश गरेको थियो । न्यायाधीशहरू सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठले उनलाई रिहा गर्न आदेश गरेका हुन् ।
    नेपाल घुम्न आएका क्यानेडियन महिला क्यारियरे लरेन्ट र अमेरिकन नागरिक कोन्नी जो ब्र्रोन्जीचको हत्या आरोपमा उनी दोषी ठहर भएर थुनामा बसेका थिए ।

    कतार एयरवेजको साँझ ६ बजेको क्यूआर–६४७ उडान मार्फत उनलाई स्वदेश फिर्ता गरिएको छ । दोहामा शोभराजको ट्रान्जिट हुनेछ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology