कुवेत - तमू समाज कुवेतले आयोजना गर्न लागेको तमू ल्होसार कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ ।
तमू समाज कुवेतले यही डिसेम्बर-३०, शुक्रबारको दिन आयोजना गर्न लागिएको तमू ल्होसार बिशेष कार्यक्रममा आवतजावतका लागि अतिथिहरुलाई कुवेतका विभिन्न स्थानबाट नि:शुल्क यातायात समेत व्यबस्था गरिएको महासचिब सुरेश गुरुङले जानकारी दिएका छन । "गुरुङ जातिहरुको महान पर्व "हि ल्होसारको अबसारमा आयोजना गर्न लागिएको यस बिशेष कार्यक्रममा सहभागी भई कार्यक्रम सफल पार्न सम्पूर्ण कुवेतबासी नेपालीहरुलाई अध्यक्ष राजु गुरुङ्ले अनुरोध गरेका छन ।
तमूहरुको महान पर्व तो’ल्हो (बाघ बर्ग)लाई बिदाई गर्दै´हि’ल्हो (बिरालो बर्ग) लाई स्वागत गर्ने साथै नया बर्ष २०२३ को शुभकामना आदानप्रदान र विविध साँस्कृतिक कार्यक्रम हुनेछ । कुवेतमा कृयाशिल संघ संस्था, पत्रकार, तथा सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई निमन्त्रणा मेसेन्जरको माध्यमबाट पठाई सकिएको र भुलबस् या अन्य प्राविधिक कारणले निमन्त्रणा प्राप्त नभएमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थित भईदिन आयोजक तमू समाजले अनुरोध गरेको छ।
कार्यक्रम स्थलसम्म आउन जानको लागि यातायातको ब्यबस्था गरिएको गरेको छ । फाहिल, मङगाफ, फिन्टास, माबुलाको लागि (माबुलाको हिमालय रेस्टुरेन्ट) संपर्कको लागि किरण गुरुङ (६७७१३६७४) त्यस्तै गरी हवाली,जब्रिया र साल्मियाको लागि साल्मियाको (अपोलो अस्पातल) सम्पर्कको लागि पदम गुरुङ(६६८४७६३४) त्यस्तै गरी जिलिब,खैतान,फर्वानियाको लागि (फार्वनियाको जमिया नजिकैको पुलिस स्टेसन बस पार्क) सम्पर्कको लागि सुरेश गुरुङ (६६२८२२७५)
कार्यक्रम : तमु हि ल्हो (बिरालो बर्ग )ल्होसार
मिति : ३० डिसेम्बर २०२२ (शुक्रबार)
समय : अपरान्ह ठिक १२.०० बजेदेखी
स्थान : हिजुल कबड एरिया ब्लक न :१
आयोजक : तमू समाज कुबेत