Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तमू प्ये ल्हु संघ कुवेतले तमू (ह्युई ल्हो) ल्होसार धूमधामले मनायो

तमू प्ये ल्हु संघ कुवेतले तमू (ह्युई ल्हो) ल्होसार धूमधामले मनायो

चन्द्र गाेतामे

चन्द्र गाेतामे

पौष २३, २०७९ शनिवार • १८:१६:२७ बजे
  • 814
    SHARES
  • तमू प्ये ल्हु संघ कुवेतले तमू (ह्युई ल्हो) ल्होसार धूमधामले मनायो

    कुवेत - तमू प्ये ल्हु संघ कुवेतले गुरुङ समुदायको महान पर्व तमू (ह्युई ल्हो) ल्होसार धूमधामलेमनाएको छ । तमू प्ये ल्हु संघ कुवेतले महाबुल्ला स्थित कलिकट लाइफ अडीटोरीम हलमा ६ तारिक शुक्रवारको दिन ल्होसार मनाएको हो ।

    images

    अध्यक्ष ईन्द्र तमूको सभापतित्व र अमन तमूको संचालनमा सम्पन्न कार्यक्रममा आदिवासी जनजाती महासंघ कुवेतका महासचिब मन्जित चाम्लिङ राईको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी अतिथिहरुमा तमू समाजका अध्यक्ष राजु तमू, तमू समाज कुबेतका बरिष्ठ सल्लाहकारहरु अमर तमू, खोप तमू, पत्रकार महासंघ कुवेतका सचिब चन्द्र गोतामे, कुवेतमा क्रियाशील बिभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार, खेलाडी, कलाकार, व्यवसायी लगायत रहेका थिए ।

    विशेष तमू (ह्युई ल्हो) ल्होसार कार्यक्रमलाई संस्थाको कलाकार अमन तमूले सञ्चालन गरेका थिए ।भने संस्थाको सल्ल्हाकार लील तमूले स्वागत मन्तव्यद्वारा उपस्थित पाहुना तथा अतिथिगणलाई स्वागत गरेका थिए । नेपाली राष्ट्रिय गान र तमू राष्ट्रिय गीत बजाई कार्यक्रमलाई मुर्तरुप दिईएको थियो । सस्थाका सल्लाहकार लील तमूले स्वागत मन्तव्य राखेका थिए । त्यसैगरी कार्यक्रममा प्रमुख अतिथि मन्जित चाम्लिङ राई, राजु तमू , चन्द्र गोतामे लगायतले मन्तव्य दिएका थिए ।

    तमु समुदायको संस्कार अनुसार पच्यु गुरु बाट पूजा पाठ गर्दै संयुक्त रुपमा रुपा -रिपा) मन्तार्दै तोल्हो (बाघ) बर्ग लाई बिदाई गर्दै ह्युई ल्हो (बिरालो) वर्गलाई स्वागत गरिएको थियो  । तमू पहिचान रमौलिकता झल्काउने खालका नृत्य झाउरे, सालैज्यु, कौडा, सोरठी, युगल तथा सामुहिक नृत्य  प्रस्तुतगरिएको थियो ।

    अन्त्यमा कार्यक्रमको समापन गर्दै अध्यक्ष ईन्द्र तमूले कार्यक्रमलाई सफलताका साथ सम्पन्न गर्न अहोरात्र खटिएका समाजका सल्लाकार तथा सदस्यहरु लगायत शुभचिन्तक सहयोगिहरु सबै प्रति आभार ब्यक्त गरेका थिए । साथै कार्यक्रममा उपस्थित सम्पूर्णलाई बिशेष धन्यवाद प्रकट  गर्दै कार्यक्रमको समापन गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # समाज
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology