Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री अधिकारीबीच भेटबार्ता

प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री अधिकारीबीच भेटबार्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २७, २०७९ बुधवार • ०९:५४:०७ बजे
  • 583
    SHARES
  • प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री अधिकारीबीच भेटबार्ता

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज असधकारीबीच भेटवार्ता भएको छ ।

    images

    मुख्यमन्त्री अधिकारीले आज बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भेटघाट तथा छलफल गरेका हुन् ।

    भेटका क्रममा आपसमा बधाई साटासाट हुनुका साथै गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार लगायतबारे विषयमा छलफल भएको सचिवालयले जनाएको छ।

    पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एमालेका नेता अधिकारीले पुस २९ गते प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् ।

    एमालेका नेता अधिकारी नेकपा एमाले, माओवादी, राप्रपा र स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’सहित ३३ जनाको समर्थनमा सोमबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

    ६० सिट संख्या रहेको गण्डकी प्रदेशमा बहुमत पुर्‍याउन ३१ सिट चाहिन्छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology