Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सुनको भाउ ३०० रूपैयाँले घट्यो, तोलाको कति ?

सुनको भाउ ३०० रूपैयाँले घट्यो, तोलाको कति ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २७, २०७९ बुधवार • ११:५९:४४ बजे
  • 529
    SHARES
  • सुनको भाउ ३०० रूपैयाँले घट्यो, तोलाको कति ?

    नेपाली बजारमा आज बुधबार पहेँलो धातु सुनको भाउ घटेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज छापावाल सुनको भाउ अघिल्लो कारोबारको तुलनामा प्रतितोला तीन सयले घटेर एक लाख तीन हजार दुई सयमा काराेबार भइरहेकाे छ ।

    छापावाल सुन मंगलबार प्रतितोला एक लाख ३ हजार पाँच सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २ हजार सात सय कायम भएको छ ।

    तेजावी सुन मंगलबार एक लाख तीन हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार तीन सय ६५ कायम भएको महासङ्घले जनाएको छ ।

    महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

  • सम्बन्धित विषय:

  • # सुनको भाउ ३०० रूपैयाँ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology