Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सभामुखको निर्वाचनबारे अरु दलसँग छलफल गर्ने कांग्रेसको निर्णय

सभामुखको निर्वाचनबारे अरु दलसँग छलफल गर्ने कांग्रेसको निर्णय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २८, २०७९ बिहिवार • २०:२६:१४ बजे
  • 373
    SHARES
  • सभामुखको निर्वाचनबारे अरु दलसँग छलफल गर्ने कांग्रेसको निर्णय

    नेपाली कांग्रेसले आगामी माघ ५ गते हुने प्रतिनिधिसभाको सभामुख र उपसभामुख निर्वाचनको तयारीबारे अन्य दलहरुसँग छलफल गर्ने निर्णय गरेको छ ।

    images

    पार्टीसभापति शेरवहादुर देउवाको निवास धुम्बाराहीमा बिहीबार बसेको पदाधिकारी बैठकले सभामुख÷उपसभामुख निर्वाचनबारे छलफल गर्दै कांग्रेसबाट उम्मेदवार उठाउने÷नउठाउने विषयमा अन्य दलहरुसँग समन्वय गर्ने जिम्मा सभापति देउवालाई दिने निर्णय गरेको हो ।

    यस्तै, प्रदेश सभामुख र उपसभामुख निर्वाचनबारे निर्णयको अधिकार प्रदेश कार्यसमितिलाई दिने निर्णय समेत पदाधिकारी बैठकले गरेको छ ।

    बैठकमा सहभागी सहमहामन्त्री बद्री पाण्डेले पार्टीको एक्लै मतले जित्ने अवस्था नरहेकाले सभामुखमा उम्मेदवारी दिने÷नदिने बारे संसदमा भएका सत्ता पक्ष र अरु दलहरुसँग पुगेर निर्णय गर्ने जानकारी दिए ।

    सभामुखको निर्वाचन माघ ५ गते तय गरिएको छ । उम्मेदवारी मनोनयन दर्ताको समय माघ ३ गते तोकिएको छ । सभामुद र उपसभामुखको निर्वाचनलाई मध्यनजर गरेर कांग्रेसले माघ ९ गते अघि सांसदहरुलाई उपत्यका नछोड्न उर्दि जारी गरेको छ ।

    बैठकमा पार्टी केन्द्रीय समिति बैठकअघि नै भ्रातृ संगठनहरुलाई पूर्णता दिने विषयमा पनि छलफल भएको छ ।

    कांग्रेसको महिला संघ, तरुण दल, नेविसंघलगायतमा अध्यक्षमात्रै नियुक्त गरिएको छ । अन्य पदाधिकारी तोकिन बाँकी छ । कांग्रेसले आउँदो माघ १५ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

  • सम्बन्धित विषय:

  • # सभामुखको निर्वाचन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology