Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रभु साहको आजपा र कर्णजीत बुढाथोकीको नेकपा माओवादीबीच पार्टी एकता हुँदै

प्रभु साहको आजपा र कर्णजीत बुढाथोकीको नेकपा माओवादीबीच पार्टी एकता हुँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २८, २०७९ बिहिवार • २०:२८:५१ बजे
  • 322
    SHARES
  • प्रभु साहको आजपा र कर्णजीत बुढाथोकीको नेकपा माओवादीबीच पार्टी एकता हुँदै

    आम जनता पार्टी र नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी पार्टीबीच एकता हुने भएको छ ।

    images

    पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी र कर्णजीत बुढाथोकी अध्यक्ष रहेको पार्टीबीच एकता हुने भएको हो ।

    दुई पार्टीबीच एकतापछि पार्टीको नाम आम जनता पार्टी रहने आजपाका प्रचारप्रसार विभाग उपप्रमुख निवेश यादवले जानकारी दिए ।

    यादवका अनुसार अग्रगामी शक्तिहरुको ध्रुवीकरणको रुपमा विभिन्न राजनीतिक दलहरुसँग एकताको अभियानमा आजपा लागेको हो ।

    प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिँदै रौतहट क्षेत्र नम्बर ३ बाट लगातार चौथो पटक निर्वाचित भएका साहले यही महिना आफ्नै पार्टी गठन गरेका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology