Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

राप्रपा सरकारमा जाने, अध्यक्ष लिङदेन ऊर्जामन्त्री बन्ने

राप्रपा सरकारमा जाने, अध्यक्ष लिङदेन ऊर्जामन्त्री बन्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २९, २०७९ शुक्रवार • ११:३०:५४ बजे
  • 562
    SHARES
  • राप्रपा सरकारमा जाने, अध्यक्ष लिङदेन ऊर्जामन्त्री बन्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ ।

    images

    अब, लिङदेन उपप्रधानमन्त्री बन्ने छन् । सरकारमा सहभागी हुन लागेको राप्रपाले उपप्रधानमन्त्रीसहित ४ वटा मन्त्रालय दाबी गरेको छ । तर, उपप्रधानसहित ३ मन्त्रालयसम्म पाउने सम्भावना रहेको बताइन्छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा रहेका छन् । राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ ।

    अध्यक्ष लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री बन्ने सम्भावना रहेको राप्रपाका एक पदाधिकारीले जानकारी दिएका छन् । उनले भने– ‘सत्तारुढ दलबीच भागबन्डा हुँदा बाँकी रहेका मन्त्रालयमध्ये अध्यक्षज्यूले ऊर्जा मन्त्रालयमा रुची राख्नु भएको छ ।

    उहाँ उपप्रधानसहित ऊर्जामन्त्री नै हुने सम्भावना छ ।’ अध्यक्ष लिङ्देनले बाँकी रहेका मध्ये ऊर्जा मन्त्रालयमा चासो रोेख्दै आएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology