Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

विश्वासको मत लिनअघि प्रदेश १ का मुख्यमन्त्री कार्कीद्वारा मन्त्रिपरिषद विस्तार

विश्वासको मत लिनअघि प्रदेश १ का मुख्यमन्त्री कार्कीद्वारा मन्त्रिपरिषद विस्तार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २९, २०७९ शुक्रवार • ११:३४:०७ बजे
  • 397
    SHARES
  • विश्वासको मत लिनअघि प्रदेश १ का मुख्यमन्त्री कार्कीद्वारा मन्त्रिपरिषद विस्तार

    प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले विश्वासको मत लिनुअघि शुक्रबार माओवादी केन्द्रका दुई र एमालेका एकजना मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

    images

    मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदैछन् । तर, त्यस अघि नै उनले माओवादी केन्द्रका जीवन आचार्य र दुर्गा चापागाईं तथा नेकपा एमालेबाट बुद्धिकुमार राजभण्डारीलाई मन्त्री नियुक्त गरेका हुन् ।

    उनीहरुको मन्त्रालय तोकिएको छैन । आचार्य मोरङबाट, चापागाईं तेह्रथुमबाट र राजभण्डारी सोलुखुम्बुबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनीहरुले केहीबेरमा शपथ ग्रहण गर्ने कार्यक्रम छ ।

    यसअघि मुख्यमन्त्री कार्कीले चार सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ ।

    आइतबार ६० सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले कम्तिमा ४७ सांसद मत पाउनुपर्छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology