Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुलमान घिसिङको प्रस्ताव प्रधानमन्त्री कार्यालयमा छ : ऊर्जामन्त्री पुन

कुलमान घिसिङको प्रस्ताव प्रधानमन्त्री कार्यालयमा छ : ऊर्जामन्त्री पुन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १, २०७७ बिहिवार • ०८:१३:०७ बजे
  • 2.2K
    SHARES
  • कुलमान घिसिङको प्रस्ताव प्रधानमन्त्री कार्यालयमा छ : ऊर्जामन्त्री पुन

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन 'अनन्त'ले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्तिका लागि लगेका प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विधाराधीन अवस्थामा रहेको उनको सचिवालयले स्पष्ट पारेको छ ।


    मन्त्री पुनको सचिवालयले प्राधिकरणको आवश्यकता र आम जनचाहनालाई मध्यनजर गर्दै मन्त्रिपरिषद्ले उक्त प्रस्तावमाथि छिट्टै निर्णय गर्ने आशा व्यक्त गरेको छ ।

    images
    ऊर्जामन्त्री पुनले सोमबारको मन्त्रिपरिषद् बैठकमा घिसिङलाई पुनः चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति गर्न प्रस्ताव पेश गरेका थिए ।

    'नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिका सन्दर्भमा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री माननीय वर्षमान पुन अनन्तज्यूले गत सोमबारको मन्त्रिपरिषद् बैठकमा कुलमान घिसिङलाई आगामी चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्ति गर्न प्रस्ताव पेश गर्नुभएको र हाल उक्त प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विचाराधीन अवस्थामा रहेको छ', ऊर्जामन्त्री पुनको प्रमुख स्वकीय सचिव दुर्गाप्रसाद चापागाइँले बिहीबार विहान भनेका छन्, 'अतः प्राधिकरणको आवश्यकता र आम जनचाहनालाई मध्यनजर गर्दै मन्त्रिपरिषद्ले उक्त प्रस्तावमाथि छिट्टै निर्णय गर्ने आशा गर्दछु ।'

     

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology