Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

जसपा–नेकपा एकीकृत समाजवादीबीच एकता हुनुभन्दा पहिले मोर्चा बन्ने

जसपा–नेकपा एकीकृत समाजवादीबीच एकता हुनुभन्दा पहिले मोर्चा बन्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २९, २०७९ शुक्रवार • ११:५२:१५ बजे
  • 634
    SHARES
  • जसपा–नेकपा एकीकृत समाजवादीबीच एकता हुनुभन्दा पहिले मोर्चा बन्ने

    जनता समाजवादी पार्टी नेपाल र नेकपा एकीकृत समाजवादी पार्टीबीच एकता हुनुभन्दा पहिले मोर्चा बनाउने सहमति भएको छ ।

    images

    दुई पार्टीबीच एकताका लागि हिजो भएको वार्तामा सो सहमति भएको हो । एकताका लागि केही समय लाग्ने भएका कारण छलफल गर्दै गर्ने र दुई पार्टीबीच मोर्चा बनाएर अगाडि बढ्ने सहमति भएको जसपाका वार्ता समिति सदस्य गोविन्द चौधरीले बताए ।

    उनले भने, ‘दुई पार्टीबीच एकीकरणको प्रकृया अगाडि बढाउँदै गर्ने, त्यसअघि नै दुई पार्टीबीच मोर्चा बनाउने सहमति भएको छ । मोर्चाको मोडालिटीको विषयमा एक दुई दिनमै टुङ्गो लगाउने छौं ।’

    भोलि हुने वार्तामा दुवै पक्षबाट आआफ्नो पार्टीको तर्फबाट एजेण्डा प्रस्तुत गर्ने र त्यसमा एकएक विषयमा छलफल गर्दै जाने सहमतिसमेत भएको छ । एजेण्डामाथि छलफल गर्दा सरल र जटिल विषयवस्तु सूचीकृत गर्दै जाने, सहमति हुन सक्नेमा विषयलाई टुङ्ग्याउँदै जाने सहमति भएको जनाइएको छ ।

    जुन विषयमा सहमति हुन सक्दैन, त्यसलाई जटिल विषयवस्तुमा सूचीकृत गर्ने र त्यसलाई शीर्ष तहबाट नै टुङ्गो लगाउने सहमति भएको छ ।

    भोलि बस्ने बैठकमा दुवै पार्टीले आआफ्नो पार्टीको घोषणापत्र, विधान, राजनीतिक प्रतिवेदन, पार्टीका अन्य दस्तावेजहरु लिएर आउने निर्णय गरेको छ । दुवै पार्टीका घोषणापत्र, विधान, राजनीतिक प्रतिवेदनका एक–एक विषयमा छलफल हुन्छ । र, त्यसबाट सरल र जटिल विषयवस्तु छनौट हुन्छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology