Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

२३ औँ राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्यो अनेरास्ववियु

२३ औँ राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्यो अनेरास्ववियु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २९, २०७९ शुक्रवार • ११:५४:४५ बजे
  • 442
    SHARES
  • २३ औँ राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्यो अनेरास्ववियु

    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) २३ औँ राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ । पौष २३ र २७ गते काठमाडौँमा बसेको अनेरास्ववियुको बैठकले २३ औँ राष्ट्रिय महाधिवेशन २०७९ फागुन २–४ काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा गर्ने निर्णय गरेको थियो ।

    images

    सोही आधारमा अनेरास्ववियुले आफ्नो तयारी अगाडि बढाएको हो । केही वर्षदेखि सङ्गठनको व्यवस्थापनमा कहीँ न कहीँ चुकिरहेको भन्दै अनेरास्ववियुले सङ्गठनको आन्तरिक लोकतन्त्रलाई थप बलियो बनाउन महाधिवेशन गर्न लागेको हो । अनेरास्ववियुको महाधिवेशन ७ वर्षदेखि हुन सकेको छैन ।

    गत असोज १ र २ गते काठमाडौँमा सम्पन्न तेस्रो नीति तथा विधान महाधिवेशनले ६ महिनाभित्रमा महाधिवेशन गर्ने म्याण्डेड दिएको थियो । अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयले चैत ५ गते गर्न लागेको स्ववियु निर्वाचनअघि नै महाधिवेशन गर्न लागेको हो ।

    अनेरास्ववियुले अवधि पुरा भई सम्मेलन-अधिवेशन नभएका मातहतका कमिटीहरूको सम्मेलन-अधिवेशन माघ १५ गतेभित्र गर्ने निर्णय गरेको छ ।

    माघ १५ गतेभन्दा पछाडि तोकिएका मातहत कमिटीका भेला-अधिवेशनहरू राष्ट्रिय महाधिवेशन सम्म स्थगित गर्ने निर्णय समेत बैठकले गरेको थियो ।

    महाधिवेशनका लागि अध्यक्ष सुनिता बरालको संयोजकत्वमा मूल व्यवस्थापन समिति, सङ्गठनका महासचिव समिक बडालको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन समिति र सङ्गठनका कोषाध्यक्ष जेनिश लामाको संयोजकत्वमा आर्थिक समिति निर्माण गरिएको छ । अन्य उपसमितिहरू मूल व्यवस्थापन समितिको बैठक बसी निर्माण गरिने अनेरास्ववियुले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology