Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

क्रिकेटर सन्दीप लामिछाने रिहा

क्रिकेटर सन्दीप लामिछाने रिहा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २९, २०७९ शुक्रवार • १४:०५:२३ बजे
  • 601
    SHARES
  • क्रिकेटर सन्दीप लामिछाने रिहा

    नाबालिगमाथि बलात्कारकाे आरोप खेपेका क्रिकेटर सन्दीप लामिछाने रिहा भएका छन् ।

    images

    उच्च अदालत पाटनले सन्दीपलाई सर्तसहित २० लाख रुपैयाँ धरौटीमा छाड्न बिहीबार आदेश दिएको थियो । उच्च अदालतको आदेशअनुसार सन्दीपले २० लाख रुपैयाँ धरौटी बुझाएपछि केन्द्रीय कारागार सुन्धाराबाट निकालिएको हो ।

    सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ धरौटी बुझाएर थुनामुक्त गर्न दिएको आदेशको पत्र जिल्ला अदालत काठमाडौं बुझाएपछि रिहा भएका हुन् ।

    बिहीबार न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत, काठमाडौंको आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश दिएको थियो । आदेश प्राप्त हुनासाथ उनलाई अदालत उपस्थित गराइएको जेलर बाँस्कोटाले बताएका छन् ।

    सन्दीपलाई धरौटीमा छाड्न अदालतले ५ वटा सर्त राखेको छ । ती सर्त उलंघन भएको अवस्थामा पुर्पक्षका क्रममा धरौटी माग गर्ने आदेश स्वतः निष्कृय हुने भनिएको छ ।

  • सम्बन्धित विषय:

  • # क्रिकेटर सन्दीप
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology