Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ३०, २०७९ शनिवार • ११:२८:५६ बजे
  • 490
    SHARES
  • प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ ।

    images

    प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद विस्तार, सभामुख र उपसभामुखको निर्वाचनलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    सात दलीय गठबन्धन सरकार गठन भएको साता दुई साता बढी वितिसक्दा पनि मन्त्रालय बाँडफाँट टुंग्याउन सकेको छैन । हाल ८ सदस्यीय मन्त्रिपरिषद्मा अब १७ जना थप्ने संवैधानिक सुविधा छ ।

    नेकपा माओवादी प्रचण्ड पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सोही दिन उनले सानो आकारको मन्त्रिमण्डल बनाएका थिए ।

    मन्त्रालय भागबन्डालाई लिएर प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच पटक पटक भेट भइसकेको छ । दुई नेताको निष्कर्षपछि गठबन्धनका शीर्ष नेता बसेर मन्त्रालय टुंग्याइने माओवादीका एक नेताले बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology