Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चीनमा कारोनाबाट पछिल्लो एक महिनामा ६० हजार जनाको मृत्यु

चीनमा कारोनाबाट पछिल्लो एक महिनामा ६० हजार जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १, २०७९ आइतवार • ०९:४४:५७ बजे
  • 508
    SHARES
  • चीनमा कारोनाबाट पछिल्लो एक महिनामा ६० हजार जनाको मृत्यु

    बेइजिङ । चीनमा पछिल्लो एक महिनामा कारोना भाइरस संक्रमणबाट झण्डै ६० हजार जनाको मृत्यु भएको भएको छ ।

    images

    चीनका स्वास्थ्य अधिकारीहरूले यस्तो जानकारी दिएका हुन् ।

    सन् २०२२ को डिसेम्बर ८ देखि यस वर्षको जनवरी १२ सम्ममा चीनमा ५९ हजार ९३८ जनाको कोभिडका कारण मृत्यु भएको राष्ट्रिय स्वास्थ्य आयोग ((एनएचसी)अन्तर्गतको चिकित्सा प्रशासन व्युरोका प्रमुख जियाओ याहुईले जानकारी दिए ।

    उनका अनुसार ५ हजार ५०३ जनाको मृत्यु कोभिडका कारण श्वासप्रश्वाससम्बन्धी समस्याका कारण भएको छ भने ५४ हजार ४३५ जनाको मृत्यु कोभिडसँग जोडिएका अन्य रोगका कारण भएको हो ।

    सरकारले डिसेम्बरको सुरुमा शून्य कोभिड नीतिमाथि लाग्दै आएको प्रतिबन्ध हटाएको थियो । त्यसपछि दिनहँ हजारौँ जना कोभिड संक्रमित हुन थालेका छन् ।

  • सम्बन्धित विषय:

  • # ६० हजार जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology