Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पोखरा विमान दुर्घटना : उद्धारमा कुनै कसर बाँकी नराख्न गृहमन्त्रीको निर्देशन

पोखरा विमान दुर्घटना : उद्धारमा कुनै कसर बाँकी नराख्न गृहमन्त्रीको निर्देशन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १, २०७९ आइतवार • १३:३६:२० बजे
  • 697
    SHARES
  • पोखरा विमान दुर्घटना : उद्धारमा कुनै कसर बाँकी नराख्न गृहमन्त्रीको निर्देशन

    उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको यथासक्दो छिटो उद्धारमा जुट्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

    images

    गृहसचिव, शान्तिसुरक्षा महाशाखा प्रमुखलगायत कास्कीस्थित प्रशासन र सुरक्षा निकायलाई दुर्घटनास्थलमा उद्धारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएको उनका प्रेस संयोजक नवराज पाण्डेले जानकारी दिए ।

    अहिले गृहमन्त्री लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर घटनाबारे जानकारी लिइरहेका छन् । आज बिहान चालक दलसहित ६८ यात्रु बोकेर उडेको यति एयरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।

    अहिले उद्धार कार्य जारी छ । क्षतिको विवरण भने आउन बाँकी छ ।

  • सम्बन्धित विषय:

  • # पोखरा विमान दुर्घटना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology