Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

माओवादी केन्द्रबाट को को बन्दैछन् मन्त्री ? कसलाई कुन मन्त्रालय ?

माओवादी केन्द्रबाट को को बन्दैछन् मन्त्री ? कसलाई कुन मन्त्रालय ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ३, २०७९ मंगलवार • १०:२८:४५ बजे
  • 505
    SHARES
  • माओवादी केन्द्रबाट को को बन्दैछन् मन्त्री ? कसलाई कुन मन्त्रालय ?

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दै छन् । सत्ता गठबन्धनमा भागबन्डाको टुङ्गो लागे पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । शपथ दिउँसो १ बजे हुने तय गरिएको छ ।

    images

    दलहरूबीच भएको सहमति अनुसार नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री, चार मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ ।

    प्रधानमन्त्रीमा प्रचण्ड र उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नारायणकाजी श्रेष्ठले पहिलो चरणमै शपथ लिइसकेका छन् । थप तीन मन्त्रीमा रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदीले अवसर पाउने भएका छन् ।

    शर्मालाई सञ्चार, किराँतीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र मोदीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

    एक राज्यमन्त्रीको भने टुङ्गो लाग्न बाँकी नै रहेको छ ।

  • सम्बन्धित विषय:

  • # कसलाई कुन मन्त्रालय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology