Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एमालेका पदम गिरी स्वास्थ्यमन्त्री

एमालेका पदम गिरी स्वास्थ्यमन्त्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ३, २०७९ मंगलवार • १३:१८:३२ बजे
  • 511
    SHARES
  • एमालेका पदम गिरी स्वास्थ्यमन्त्री

    नेकपा एमालेका नेता पदम गिरी स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने भएका छन् ।

    images

    सत्ता गठबन्धनमा भएको भागबन्डामा एमालेको भागमा स्वास्थ्यसहित ८ वटा मन्त्रालय परेको छ । तीमध्ये उपप्रधानमन्त्री र अर्थमन्त्री विष्णु पौडेलसहित ३ जना मन्त्री यसअघि नै नियुक्त भइसकेका छन् ।

    एमालले पर्वतबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गिरीलाई स्वास्थ्य मन्त्री बनाउने पक्का भएको हो ।

    त्यसै गरी मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत राष्ट्रियसभा सदस्य डा. विमला राई पौडेललाई परराष्ट्रमन्त्री बनाउने तयारी रहेको स्रोतले जनाएको छ ।

    एमालेबाट पर्वतका पदम गिरी, सुनसरीकी भगवती चौधरी, सर्लाहीका हरि उप्रेती र कपिलवस्तुका बलराम अधिकारी र डा. विमला राई पौडेल मन्त्री बन्ने एक नेताले बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology