Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

जब छोरा मन्त्री बन्ने कुरा सुदनका बुबाले पत्याएनन्…

जब छोरा मन्त्री बन्ने कुरा सुदनका बुबाले पत्याएनन्…

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ३, २०७९ मंगलवार • १३:२०:२३ बजे
  • 427
    SHARES
  • जब छोरा मन्त्री बन्ने कुरा सुदनका बुबाले पत्याएनन्…

    नेकपा माओवादी केन्द्रबाट मन्त्री बन्ने पक्का भएपछि युवा नेता सुदन किराँतीले आफ्ना बुवासँगको कुराकानी सार्वजनिक गरेका छन् ।

    images


    सामाजिक सञ्जाल फेसबुकमार्फत नेता किरातीले मन्त्री बन्ने पक्का भएपछि ‘डाँडाको जुन घाम जस्तै बुवासँग कुराकानी’ सार्वजनिक गरेका हुन् । उनले आफूले मन्त्री बनेको खबर बुवालाई सुनाउँदा सपना हो कि विपना हो ? भनेर सोधेको सुदनले उल्लेख गरेका छन् ।

    ‘हँ’होइन कुन मन्त्री ? राम राम राम साँच्चै हो ? होइन यो सपना होकि बिपना हो ?’ उनका बुवाले सोधेका छन् । बुबाको प्रश्नसहित जवाफमा किँरातीले भनेका छन्, ‘हो बुवा साँच्चै हो बिपना नै हो ।’


    बुवाले अहिलेसम्म वंशमा कोही वडाअध्यक्षसम्म नभएको बताउँदै राम्रो गर्न आफूलाई सुझाव दिएको उनले बताएका छन् ।

    सुदनले बुबासँग गरेको वार्तालाप जस्ताको त्यस्तै:
    डाँडाको जुन घाम जस्तै बुवा संग कुराकानी !
    मैले भने ।
    म – बुवा म मन्त्री हुने भएँ छु ।
    बुवा – हँ ! होइन कुन मन्त्री ? राम राम राम साँच्चै हो ? होइन यो सपना होकि बिपना हो ?
    म – हो बुवा साँच्चै हो बिपना नै हो । (संस्कृति,पर्यटन तथा नागरिक उड्यान )
    बुवा – मन्त्री चाहि कसरी भइस ? कसले गर्दा भइस ?
    म – पहिलो त तपाईहरुले जन्माउनु भयो, दोश्रो त मैले धेरै राजनीतिमा दुख गरे, तेश्रो जनताले माया र भरोसा दियो, चौथो पार्टीले विश्वास ग¥यो ।
    बुवा– राम राम राम ! म उहिले फोक्लेण्डको लाडाईमा मरेको भएँ यो दिन सुन्न र देख्न पाउँदिन थे !
    म – म पनि जनयुद्धमा मरेको भएँ त्यस्तै त हो ……… ।
    बुवा– हाम्रो बंशमा वडा अध्यक्ष सम्म कोहि भएनौं राम्रो गर्नु ।
    म – पाउनु ठुलो कुरा होइन काम गर्नु ठुलो कुरा हो । म मेहनेत गर्छु । आमाजी त पितृको देशमा हुनुहुन्छ आज हामी संगै हुन पाएको भए …… ।
    बुवा – म गए पछि तेरो आमा संग भेट हुन्छ नै होला म सबै भनि दिउँला । बुवा रुनु भो ! म ……… !
    संम्झे !
    बुवाले मलाई जेलमा भेट्न आउँदा पनि उ बेला धेरै रुनु भएको थियो । आज पनि उस्तै रुनु भो तर प्रसंग बेग्ला बेग्लै थियो, आँशु भने उस्तै, आँशुको मुहान र भाब भने फरक ।

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology