Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री

तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ३, २०७९ मंगलवार • १३:२५:५८ बजे
  • 391
    SHARES
  • तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री

    राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्ने भएकी छन् ।

    images

    सत्तागठबन्धनमा मन्त्रालय भागबन्डा टुंगिएपछि आज (मंगलबार) बिहान पार्टी सभापित रवि लामिछानेले सरकारमा पठाउने मन्त्रीको टुंगो लगाएका हुन् । रास्वपाले तीन मन्त्रालय र एक राज्यमन्त्री पाएको छ ।

    यसअघि पार्टी सभापति लामिछाने उपप्रधानसहित गृहमन्त्री भइसकेका छन् । रास्वपाले शिक्षा र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री तथा स्वास्थ्य राज्यमन्त्री पाएको छ ।

    रास्वपाले शिक्षामन्त्रीमा शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा डोलप्रसाद अर्याललाई पठाउने भएको छ ।

    रास्वपाले यसअघि स्वास्थ्यमन्त्री दाबी गरिरहेको थियो । तर एमालेको भागमा स्वास्थ्य मन्त्रालय परेपछि रास्वपाले इज्जतकै लागि भए पनि डा. कार्कीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने भएको हो ।

    रास्वपाले सोविता गौतललाई उपसभामुख बनाउने तयारी गरेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology