Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सभामुख निर्वाचन : उम्मेदवारी दर्ता आज

सभामुख निर्वाचन : उम्मेदवारी दर्ता आज

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ४, २०७९ बुधवार • ०९:५४:२९ बजे
  • 376
    SHARES
  • सभामुख निर्वाचन : उम्मेदवारी दर्ता आज

    संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको सभामुख चुनावका लागि आज उम्मेदवारी दर्ताको कार्यतालिका छ ।

    images

    आज सभामुखका आकांक्षीले उम्मेदवारी दर्ता गराउनु पर्नेछ । दिउँसो १ बजेदेखि ४ बजेसम्म उमेदवारी दर्ताको समय रहेको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै ४ः१५ बजे दर्ता गरिएका उम्मेदवारको नाम प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।

    अहिलेसम्म पनि सभामुख दाबी गरिरहेका दलहरुले उम्मेदवार तय गर्न सकेका छैनन् । प्रधनमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रपति र सभामुख लिने सहमति गरेको नेकपा एमालेले समेत सभामुखको उमेदवार तोक्न सकेको छैन ।

    एमालेले सभामुख कसलाई उमेदवार बनाउने औपचारिक छलफलसमेत थालेको छैन । संसद्को सबैभन्दा ठूलो पार्टी अनि गठबन्धन आफैसँग हुँदा व्यवस्थापकीय कुशलता देखाउन नसकेर नेपाली कांग्रेस संसद्मा प्रमुख प्रतिपक्षको भूमिकामा पुगेको छ ।

    सत्ता गठबन्धनको घटक माओवादी प्रधानमन्त्री नपाएर एमालेसँग सहकार्य गर्दै प्रचण्ड प्रधानमन्त्री बनेपछि कांग्रेस प्रतिपक्षी भूमिकामा खुम्चिएको हो । सभामुख र राष्ट्रपतिमा सहयोगको अपेक्षासहित प्रधनमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेस त्यही कारण आलोचनाको केन्द्र पनि बनेको छ । तर, उसले आफ्नातर्फबाट सभामुखमा दिने उमेदवार भने प्रस्तुत गर्न सकेको छैन ।

    प्रधानमन्त्री प्रचण्डले भने विश्वासको मत दिएका सबै पार्टीलाई समेट्ने भन्दै सभामुख र राष्ट्रपतिमा पनि राष्ट्रिय सहमति जुटाउने भन्दै छलफल थालेका छन् । तर छलफलमा कुनै सहमति हुन सकेको छैन ।

  • सम्बन्धित विषय:

  • # उम्मेदवारी दर्ता आज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology