Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सभामुख अङ्कगणित : देवराज ढुक्क, ईश्वरीलाई असन्तुष्टको भर

सभामुख अङ्कगणित : देवराज ढुक्क, ईश्वरीलाई असन्तुष्टको भर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ४, २०७९ बुधवार • २०:५६:५४ बजे
  • 382
    SHARES
  • सभामुख अङ्कगणित : देवराज ढुक्क, ईश्वरीलाई असन्तुष्टको भर

    भोलि (बिहीबार) हुने सभामुख निर्वाचनको लागि दुई जनाको उम्मेदवारी परेको छ । सत्ता साझेदार दलबाट नेकपा एमालेका देवराज घिमिरे र विपक्ष गठबन्धनको तर्फबाट ईश्वरी न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरु दुवै जनाले आज नयाँ बानेश्वरस्थित संसद् भवनमा उम्मेदवारी दर्ता गराएका हुन् ।

    images

    एमालेका घिमिरेको प्रस्तावकमा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र समर्थकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितारज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका उपप्रधानमन्त्री गृहमन्त्री रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्षसमेत रहेका उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देन रहेका छन् ।

    कांग्रेसका न्यौपानेको प्रस्तावकमा कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा र समर्थक एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला रहेका छन् ।

    न्यौपानेलाई कांग्रेससँगै एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को पनि साथ रहेको छ । हाल प्रतिनिधिसभामा २७५ सांसद छन् । सभामुख निर्वाचित हुनको लागि १३८ मत आवश्यक पर्छ । सत्ता गठबन्ध इमानदार हुने हो भने एमालेका घिमिरेको स्पष्ट बहुमत पुग्ने देखिन्छ ।

    घिमिरेका प्रस्ताव र समर्थन गर्ने पार्टीहरूको सांसद १४५ छन् । एमालेका ७९, माओवादी ३२, रास्वपाका २० र रास्वपाका १४ सांसद रहेका छन् । सत्ता गठबन्धनका यी चार दलकै मत पनि सहजै बहुमत पुग्नेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन १६९ सांसदले हस्ताक्षर गरेका थिए । तर, अहिले गठबन्धनको असन्तुष्टिले सो संख्या कायम नरहने सम्भावना पनि छ । यता विपक्षी गठबन्धनसँग १०३ सांसद रहेका छन् ।

    कांग्रेससँग ८९, एकीकृत समाजवादी सँग १० र लोसपासँग ४ सांसद रहेका छन् । त्यसमा पनि कांग्रेसका सांसदका टेकबहादुर गुरुङ निलम्बित छन् । उनले सभमुखको निर्वाचनमा मतदान गर्न पाउने छैनन् ।

    अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुरुङविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भई विचाराधीन अवस्थामा रहेकाले उनलाई निलम्बित गरिएको संसद् सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेको जनता समाजवादी पार्टी (जसपा) र जनमतले गठबन्धनमा असन्तुष्ट छन् ।

    जसपासँग १२ सांसद रहेका छन् । तर, सभामुखको निर्वाचनमा कसलाई समर्थन गर्ने भन्ने निर्णय गरिसकेको छैन । नागरिक उन्मुक्ति पार्टीसँग तीन र राष्ट्रिय जनमोर्चा र नेमकिपाकासँग १ सिट छन् । तर, उनीहरु पनि अहिलेसम्म कसलाई समर्थन गर्ने भन्ने खुलाएका छैनन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology