प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मृत्युपछि आफ्नो शरीरको सम्पूर्ण अंगदान गर्ने घोषणा गरेका छन् ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोवण केन्द्रले शुक्रबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको गरेको मृगौला प्रत्यारोपीको बृहत् भेला लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो घोषणा गरेका हुन् ।
‘म मेरो मृत्युपश्चात शरीरका सम्पूर्ण अंगदान गर्न चाहान्छु’, प्रधानमन्त्री प्रचण्डले भने । कार्यक्रममा भक्तपुर धर्मभक्त मानव अंग केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले प्रधानमन्त्रीलाई ‘डोनर कार्ड’ हस्तान्तरण गरे।