Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

रास्वपाका इन्दिरा राना उपसभामुखको उम्मेदवार

रास्वपाका इन्दिरा राना उपसभामुखको उम्मेदवार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ६, २०७९ शुक्रवार • १२:३१:३६ बजे
  • 262
    SHARES
  • रास्वपाका इन्दिरा राना उपसभामुखको उम्मेदवार

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ ।

    images

    आज बिहान बसेको रास्वपा संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । सात दलीय सत्ता गठबन्धनमा राष्ट्रिय स्वतन्त्रको भागमा उपसभामुख परेको छ ।

    निर्वाचित हुने लगभग पक्का रहेको उपसभामुखमा रास्वपाले जनजाती समुदायकी रानामगरलाई उम्मेदवार बनाउने भएको हो । उनको प्रस्तावकमा सोविता गौतम रहेकी छन् । यसअघि उपसभामुखमा गौतमको नाम चर्चामा थियो ।

    शुक्रबार दिउँसो १ बजेदेखि चार बजेसम्म उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ ।

    शनिबार प्रतिनिधिसभाको बैठकले उपसभामुख चयन गर्ने छ । सभामुखमा सत्ता गठबन्धनको समर्थनमा एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology