Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सभामुख देवराज घिमिरेले लिए शपथ

सभामुख देवराज घिमिरेले लिए शपथ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ६, २०७९ शुक्रवार • १२:३६:५२ बजे
  • 277
    SHARES
  • सभामुख देवराज घिमिरेले लिए शपथ

    प्रतिनिधिसभाको सभामुख देबराज घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    images

    शुक्रबार शितल निवासमा आयोजित समारोहबीच सभामुख घिमिरेले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथ लिएका हुन् ।

    शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कार्वबाहक प्रधानन्यायाधीक हरिकृष्ण कार्कीलगायतका उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति थियो ।

    सत्ता गठबन्धनका तर्फको घिमिरे बिहीबार सभामुखमा निर्वाचित भएका थिए । नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपालगायतले उनलाई मतदान गरेका थिए ।

    निर्वाचनमा घिमिरेको पक्षमा १६७ मत प्राप्त भएको थियो भने विपक्षमा १०० मत परेको थियो । निर्वाचनमा एक जनाले भने मत दिएको थिएन ।

  • सम्बन्धित विषय:

  • # सभामुख देवराज घिमिरे
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology