Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

जसपा र एकीकृत समाजवादीबीच एकताका लागि एकअर्काको दस्तावेज अध्ययन सुरु

जसपा र एकीकृत समाजवादीबीच एकताका लागि एकअर्काको दस्तावेज अध्ययन सुरु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ७, २०७९ शनिवार • २१:१०:०१ बजे
  • 430
    SHARES
  • जसपा र एकीकृत समाजवादीबीच एकताका लागि एकअर्काको दस्तावेज अध्ययन सुरु

    जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीबीच एकताका लागि एकअर्काको दस्तावेज अध्ययन गर्ने क्रम सुरु भएको छ ।

    images

    एकताका लागि दुबै दलले बनाएको वार्ता समितिको शुक्रबार सम्पन्न बैठकले दस्तावेज अध्ययनका लागि समितिसमते बनाएको छ । वर्तामा समितिमा जसपाका गोविन्द चौधरी र एकीकृत समाजवादीका डा. विजय पौडेल सदस्य रहेका छन् ।

    उनीहरुले पार्टीका दस्तावेज खोज्ने र अध्ययन गर्ने काम सुरु गरेका छन् । दस्तावेज अध्ययन कार्यदलले दुबै पार्टीबीचका समानता र असमानता पहिल्याइ आगामी बैठकमा पेस गर्ने जिम्मेजारी पाएको छ ।

    कार्यदलले पहिल्याएका समान धारणाहरुमा सहकार्य गर्दै जाने र असमान धारणाहरु हल गर्दै जाने वार्ता समितिको बैठकले निर्णय गरेको वार्ता समिति तथा दस्तावेज अध्ययन समितिका सदस्यसमेत रहेका नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा. विजय पौडेलले जानकारी दिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology