Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

श्रीलङ्कामा स्थानीय परिषद्को निर्वाचन मार्चमा हुने

श्रीलङ्कामा स्थानीय परिषद्को निर्वाचन मार्चमा हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ७, २०७९ शनिवार • २१:१६:११ बजे
  • 511
    SHARES
  • श्रीलङ्कामा स्थानीय परिषद्को निर्वाचन मार्चमा हुने

    एजेन्सी । श्रीलङ्काको राष्ट्रिय निर्वाचन आयोगले आगामी मार्च ९ मा स्थानीय परिषद्को निर्वाचन हुने घोषणा गरेको छ ।

    images

    आयोगले श्रीलङ्काका सबै जिल्लाका लागि नयाँ नगर प्रमुख र स्थानीय परिषद् सदस्य चयनका लागि निर्वाचनको मिति तय गरेको हो ।

    आयोगका अनुसार प्रमुख सबै राजनीतिक दलले शनिबार दिउँसो तोकिएको समयावधि सकिनै लाग्दासम्म प्रतिस्पर्धाका लागि मनोनयन पत्र बुझाएका छन् ।

    राष्ट्रपति रानिल विक्रमासिङ्घेको युनाइटेड नेसनल पार्टी र पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षेको श्रीलङ्का पोदुजाना पेरामुनाले मार्चमा हुने चुनावमा भाग लिनका पहिलो पटक गठबन्धन गर्न सहमत भएका छन् ।

    उनीहरूको मुख्य लडाइँ साजिथ प्रेमदासाको नेतृत्वमा रहेको विपक्षी समागी जन बलवेगयासँग हुनेछ । चुनावका लागि केही साना राजनीतिक दलले पनि गठबन्धन बनाएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology