Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रधानमन्त्रीलाई विश्वासको मत दिएर गल्ति भयो : शेखर कोइराला

प्रधानमन्त्रीलाई विश्वासको मत दिएर गल्ति भयो : शेखर कोइराला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ८, २०७९ आइतवार • १२:२९:४० बजे
  • 523
    SHARES
  • प्रधानमन्त्रीलाई विश्वासको मत दिएर गल्ति भयो : शेखर कोइराला

    नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर गल्ती गरेको बताएका छन् ।

    images

    संस्थापनइतर पक्षका नेताहरूको बत्तिसपुतलीमा जारी बैठकलाई सम्बोधन गर्दै कोइरालाले प्रचण्डलाई विश्वासको मत दिएर पार्टीले गल्ती गरेको बताएका हुन् ।

    आफूले तटस्थ बसौ भनेर प्रस्ताव राखेको तर सुनुवाइ नै नगरी बहुमतले निर्णय गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिइएको उनको भनाइ छ ।

    सभापति शेरबहादुर देउवाको प्रस्तावमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको थियो ।

    कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालगायत चार जना नेताले उक्त निर्णयमा असहमति जनाएका थिए ।

  • सम्बन्धित विषय:

  • # शेखर कोइराला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology