Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सुन प्रतितोला १ लाख ५ हजार रुपैयाँ

सुन प्रतितोला १ लाख ५ हजार रुपैयाँ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ८, २०७९ आइतवार • १२:३५:१४ बजे
  • 514
    SHARES
  • सुन प्रतितोला १ लाख ५ हजार रुपैयाँ

    नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । गत शुक्रबारको तुलनामा सुनको मूल्यमा २०० रुपैयाँको गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images

    महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुनको मूल्य प्रतितोलामा १ लाख ४ हजार ५०० रुपैयाँ छ ।

    गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४ हजार ७०० रुपैयाँ थियो । पछिल्लो समय निरन्तर बढिरहेको सुनको मूल्य आज भने घटेको हो ।

    विहीबार तोलामा १ लाख ४ हजार ५०० रहेको सुनको मूल्य शुक्रबार एकै दिन ७०० रुपैयाँले बढेको थियो । सुनको मूल्य घटेपनि आज चाँदीको मूल्य भने स्थिर छ ।

    आज चाँदीको मूल्य तोलामा १ हजार ३७५ रुपैयाँ छ । गत साताको शुक्रबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।

  • सम्बन्धित विषय:

  • # १ लाख ५ हजार रुपैयाँ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology