Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

उपसभामुख रानाले गरे रास्वपाबाट अलग भएको घोषणा

उपसभामुख रानाले गरे रास्वपाबाट अलग भएको घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ९, २०७९ सोमवार • १०:२९:४९ बजे
  • 355
    SHARES
  • उपसभामुख रानाले गरे रास्वपाबाट अलग भएको घोषणा

    उपसभामुखमा इन्दिरा रानाले आफू पार्टीको राजनीतिक तथा सांगठानिक जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् ।

    images

    उनले सोमबार विज्ञप्ति जारी गर्दै उपसभामुखको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित तथा विश्वसनीय बनाउनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको जिम्मेवारीबाट अलग भएको जानकारी दिएका हुन् ।

    रास्वपाका सांसद राना सत्ता गठबन्धनबाट साझा उम्मेदवार हुँदै गत माघ ७ मा उपसभामुखमा निर्वाचित भएका थिए ।

    ‘उपसभामुख पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित तथा विश्वसनीय बनाउनका लागि यस पदमा रहुन्जेल म आबद्ध राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पूर्ण राजनीतिक तथा सांगठानिक जिम्मेवारीबाट अलग भएको घोषणा गर्दछु,’ उनले भनेका छन् ।

  • सम्बन्धित विषय:

  • # उपसभामुख राना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology