Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

गण्डकीमा ५ मन्त्रालय कटौती, मन्त्रिपरिषद् विस्तार आज

गण्डकीमा ५ मन्त्रालय कटौती, मन्त्रिपरिषद् विस्तार आज

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ९, २०७९ सोमवार • १०:३२:०९ बजे
  • 400
    SHARES
  • गण्डकीमा ५ मन्त्रालय कटौती, मन्त्रिपरिषद् विस्तार आज

    गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद विस्ताको तयारी गरेका छन् ।

    images

    गण्डकी तत्कालिन मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालय टुक्राएर १२ वटा पुर्‍याएकोमा मुख्यमन्त्री अधिकारीले फेरि ७ वटै कायम गरि मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।

    मुख्यमन्त्री अधिकारीले आइतबार साँझ सत्तारुढ दलका नेता तथा मन्त्रीहरुसँग छलफल गरेपछि मन्त्रालयको संख्या ७ वटैमा झार्ने निर्णय गरेका थिए ।

    सबै प्रदेशमा सुरूमा बढिमा ७ मन्त्रालय बनाइएको थियो । नेकपा विभाजनले सरकार नै धरापमा परेपछि तत्कालिन पृथ्वीसुब्बा गुरुङले मन्त्रालयको संख्या ११ वटासम्म पुर्‍याएका थिए ।

    नेकपा फुटेपछि गठबन्धनको तर्फबाट मूख्यमन्त्री बनेका कृष्णचन्द्र पोखरेलले मन्त्रालय बढाएर १२ वटा पुर्‍याएका थिए । अब मूख्यमन्त्री अधिकारीले ५ वटा मन्त्रालय कटौती गर्ने भएका हुन् ।

    मन्त्रालयलको संख्या टुंगो लागेसँगै मन्त्रिपरिषद् पनि सोमबार नै विस्तार हुने भएको छ । एमालेले मूख्यमन्त्रीसहित ४ वटा र बाँकी ४ वटा मन्त्रालय माओवादी केन्द्र र राप्रपालाई भाग लगाउने तयारी छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology