Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मोदीबारे बिबिसीले बनाएको वृत्तचित्र भारतमा प्रसारण रोक

मोदीबारे बिबिसीले बनाएको वृत्तचित्र भारतमा प्रसारण रोक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ९, २०७९ सोमवार • १०:३५:२० बजे
  • 562
    SHARES
  • मोदीबारे बिबिसीले बनाएको वृत्तचित्र भारतमा प्रसारण रोक

    भारतमा प्रधानमन्त्री नरेन्‍द्र मोदीबारे बनाइएको वृत्तचित्र (डकुमेन्ट्री) प्रदर्शनका लागि रोक लगाइएको छ ।

    images

    सन् २००२ मा गुजरातको मुख्यमन्त्री रहेका बेलामा भएको दंगामा मोदीको भूमिकामाथि प्रश्न उठाएर बनाइएको बिबिसीको वृत्तचित्र प्रशारण गर्न रोक लगाएको रोयटर्सले जनाएको छ ।

    भारतको सुचना तथा प्रविधिसम्बन्धी कानुनको आपतकालीन व्यवस्थालाई टेकेर मोदीबारे बनेको वृत्तचित्र प्रदर्शनमा रोक लगाइएको सरकारका सल्लाहकार कञ्चन गुप्ताले बताएका छन् ।

    त्यस कानुनमा आपतकालीन अवस्थामा सरकारले आवश्यक कदम चाल्न सक्ने उल्लेख छ । भारत सरकारले त्यस वित्त चित्रको लिंक समावेश गरी भएका ५० भन्‍दा बढी ट्वीट ब्लक गर्न पनि ट्वीटरलाई पत्राचार गरेको छ ।

    बिबिसीले गुजरात दंगामा आधारित रहेर वृत्तचित्र बनाएको छ। हिन्दु र मुस्लिमबीचको दंगामा एक हजार बढीले ज्यान गुमाएका थिए ।

    त्‍यस दंगा नियन्त्रणमा तत्कालीन मुख्यमन्त्रीको हैसियतमा मोदीले प्रभावकारी भुमिका निर्वाह नगरेको र उल्टै दंगा भड्काएको आरोप उनी माथि छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology