एजेन्सी । विश्वभर कोरोना संक्रमणको दर दिन प्रतिदिन बढ्दो छ । तर टिनएजर्स अर्थात २० बर्ष मुनिको उमेर समुहमा यसको असर कम देखिएको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले जनाएको छ ।
एक रिपोर्टका अनुसार विश्वभरमा २० बर्षभन्दा कम उमेर समुहमा कोरोना संक्रमणको प्रभाव १० प्रतिशतले कमी रहेको छ । अहिलेसम्म २० बर्षभन्दा कम उमेर समुहमा कोरोना संक्रमण शुन्य दशमलव २ प्रतिशत भन्दा कम रहेको छ ।
डब्ल्युएचओका डाइरेक्टर जनरल टेड्रस अधनोमले बच्चा र युवाहरुमा कोरोनाको संक्रमण र मृत्यु दरमा कमी आउनुको कारण बारे अनुशन्धानको आवश्यकता रहेको बताएका छन ।
उनले भने, “कोरोना भाइरसले बालबालिकाहरुको पनि ज्यान लिन सक्छ, तर बालबालिकाहरुमा यसको प्रभाव कम देखिएको छ।” बच्चा र युवाहरुमा कोरोनाको प्रभाव कम देखिए पनि यसको दीर्घकालिन स्वास्थ्य समस्याको असर लुकेर बसेको हुन सक्ने डब्ल्युएचओले आशंका ब्यक्त गरेको छ ।
बालबालिकाहरुमा कोरोनाको असर कम देखिएपनि शरीरलाई चाहिने न्युट्रिशन र ईम्यूनाइजेशन कमी भएकाहरुमा अर्कै खाले भाइरसको प्रभाव देखिन सक्ने टेड्रस अधनोमले चेतावनी दिएका छन ।
उनले पौष्टिक आहारबाट बञ्चित भएको विश्वका केही मुलुकहरुको उदाहरण दिंदै यसबारे सचेत रहन विश्व समुदायसंग आग्रह पनि गरेका छन ।
कोरोना महामारीका कारण स्कुल बन्द भएर पढ्न नपाएका बालिबालिकाहरुका लागि सामाजिक दुरिको बारेमा सचेत गराउँदै शिक्षा आर्जनको सुरक्षित ब्यवस्था मिलाउन पनि अधनोमले विश्वभरका सरकारहरु र परिवारलाई आग्रह गरेका छन ।