Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

गृहमन्त्रीका कारण प्रहरी लज्जित

गृहमन्त्रीका कारण प्रहरी लज्जित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १०, २०७९ मंगलवार • १४:१७:३८ बजे
  • 376
    SHARES
  • गृहमन्त्रीका कारण प्रहरी लज्जित

    उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका कारण प्रहरी अधिकारी लज्जित मात्र भएका छैनन्, संगठनको मनोबल समेत खस्किएको छ । एमाले सांसद लक्ष्मी महतोलाई पक्राउ नगरेको विषयमा प्रहरीमाथि दोष दिएर उम्कन खोजेपछि प्रहरी अधिकारीहरू लज्जित भएका हुन् । पूर्व प्रहरी अधिकारीले त लामिछानेको कार्यशैलीप्रति आक्रोशसमेत व्यक्त गरेका छन् ।

    images

    गृहमन्त्री जस्तो व्यक्ति सस्तो लोकप्रियताको पछि लाग्दा उनलाई ‘ब्याकफायर’ भएको हो । प्रहरीलाई पटक–पटक मौखिक निर्देशन दिदा पनि पक्राउ नगरेको भन्दै गृह मन्त्रालयले गत शुक्रबार प्रेस विज्ञप्ति निकाल्यो ।

    त्यही दिन प्रहरीलाई फेरि लिखित निर्देशनसमेत दियो । आफूले पटक पटक भन्दा पनि प्रहरीले नटेरेको भनेर त्यसरी गृह मन्त्रालयले विज्ञप्ति निकालेको देखेर प्रहरी अधिकारी नै छक्क परेका छन् । गृहमन्त्रीले यसरी नौंटकी गरेको प्रहरी अधिकारी बताउँछन् । किनकि फरार अभियुक्त पक्राउ गर्न गृहमन्त्रीले प्रहरीलाई निर्देशन दिनै नै होइन ।

    अर्काेतर्फ विज्ञप्ति निकालेर प्रहरीलाई नै ध्यानाकर्षण गर्नु अर्काे अनौठो विषय थियो । पूर्व प्रहरी अधिकारीले त गृहमन्त्री लामिछानेको यस्तो कार्यशैलीप्रति आक्रोश नै व्यक्त गरेका छन् ।

    गणेश केसी, उत्तम कार्की लगायतले यस्तो अवस्थामा गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् । गृहमन्त्रीको आदेश प्रहरीले नमानेमा प्रहरीमाथि कारबाही गर्नुपर्ने नत्र नैतिकताका आधारमा राजीनामा दिनुपर्ने पूर्व प्रहरी अधिकारीहरु बताउँछन् । स्रोतका अनुसार एमाले सांसद महतोलाई पक्राउ गर्न प्रहरीलाई प्रष्ट आदेश छैन ।

    ठूलो दलको सांसद भएकाले उनलाई पक्राउ नगर्न राजनीतिक तहबाट प्रहरीमाथि दबाब छ । महतो एमाले नेताकै गाडी चढेर संसद जाने गरेका थिए । उनको बारेमा सूचना पाएर पनि केपी ओलीको दबाबका कारण प्रहरीले पक्राउ गर्न नसकेको स्रोत बताउँछ । महतो प्रहरीकै हत्या मुद्दाका फरार अभियुक्त हुन् ।

    गृहले पक्राउ गर्न लिखित निर्देशन दिएपछि महतो भूमिगत बनेका छन् । महतोको घटना प्रहरी र गृहमन्त्री दुवैका लागि परीक्षाको विषय बनेको छ । तर, गृह मन्त्रालयको अपरिपक्कताले गृह मन्त्री र प्रहरीबीच भने सम्बन्ध चिसिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology