Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एमालेद्वारा हत्या आरोपीत सांसद लक्ष्मी महतोको बचाउ

एमालेद्वारा हत्या आरोपीत सांसद लक्ष्मी महतोको बचाउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १०, २०७९ मंगलवार • १६:५६:५८ बजे
  • 409
    SHARES
  • एमालेद्वारा हत्या आरोपीत सांसद लक्ष्मी महतोको बचाउ

    नेकपा एमालेले हत्याको आरोप लागेको सांसद् लक्ष्मी महतो कोइरीको बचाउ गरेको छ । आज (मंगलबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका सचिव मघुविर महासेठले महतोको बचाउ गरेका हुन् ।

    images

    कोइरीलाई ‘अपराधी’ भनेको भन्दै उनले त्यसप्रति आपत्ति जनाए । यस्तै, महासेठले कोइरीको मुद्धामा एमालेले कुनै हस्तक्षेप नगर्ने भन्दै उनलाई लागेको मुद्धामा भने कुनै सत्यता नरहेको दाबी गरे । उनले भने, ‘अहिले लक्ष्मी महतोलाई अपराधी भन्ने शब्दहरु प्रयोग भएको छ। अहिलेसम्म अदालतले उहाँलाई दोषी करार गरेको छैन ।

    थुनछेक गरेर कारबाही गर्ने कुरा गरेको छ, तर अपराधी हो भनेर निर्णय गरेको छैन । लक्ष्मी महतोलाई अपराधी भनेर चर्चा गरेका छौँ । त्यो नगरौँ । आज जति उहाँको चाहिने–नचाहिने कुरा गरेका छौँ। म अनुरोध गर्न चाहान्छु ।

    अहिले उहाँबारे कुनै धारणा नबनाऔँ ।’ यस्तै, महतो पार्टीको सम्पर्कमा नरहेको भन्दै प्रहरीले हिरासतमा लिएको शंका गर्दै सार्वजनिक गर्न महासेठले माग गरेका छन् । उनले भने, ‘लक्ष्मी महतो हाम्रो पार्टीको सम्पर्कमा हुनुहुन्न।

    प्रहरी प्रशासनले हिरासतमा लिएको छ भने सार्वजनिक गर्नु पर्‍यो। यदि लिएको छैन भने कानुनअनुसार प्रहरी प्रशासनले जुन कारबाही गरिरहेको छ र एमालेमाथि जुन आरोप लागेको छ त्यसमा कुनै सत्यता छैन ।’ सांसद कोइरीलाई समात्दा एमाले र एमालेका नेताबाट कुनै बाधा अवरोध नुहुने पनि बताए ।

    उनले भने, ‘म सदनमार्फत् गृहमन्त्रीलाई आग्रह गर्छु तपाईंहरु काम गर्नुहोस्। उहाँलाई समात्नै पर्ने छ भने तपाईंहरु समात्नुहोस्, नेकपा एमाले र यसका नेताबाट कुनै बाधा अवरोध आउने छैन ।’ एमाले सांसद कोइरीलाई मधेस आन्दोलनका क्रममा हत्यामा संलग्न रहेको आरोप छ । उनी फरार पनि हुँदै आएका थिए ।

    महतो ०७२ भदौ २५ मा मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका सहाय निरीक्षक (असई) थमन विकको हत्यामा संलग्न भएको अभियोग छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology