Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

राष्ट्रपतिबारे मलाई धेरै नजिस्काउ : ओली

राष्ट्रपतिबारे मलाई धेरै नजिस्काउ : ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ११, २०७९ बुधवार • १६:५२:४९ बजे
  • 646
    SHARES
  • राष्ट्रपतिबारे मलाई धेरै नजिस्काउ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका बारेमा आफूलाई धेरै नजिस्काउन भनेका छन् ।

    images

    राष्ट्रिय सहमतिमा राष्ट्रपति हुने चर्चा भइरहेको बेला उनले यस्तो बताएका हुन् । बुधबार पार्टी कार्यालय च्यासलमा एमाले स्कूल विभागको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले भने, ‘मलाई यो कुरामा धेरै नजिस्काउनुस् न तपाईंहरू जतिबेला भेट्यो, त्यतिबेला जिस्क्याउनुहुन्छ तपाईंहरू ।

    मैले भन्ने कुरा भनिसकेको छु ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसले समेत राष्ट्रपतिमा राष्ट्रिय सहमतिको कुरा गरिरहेका छन् भने नेपाली कांग्रेसले आफ्नो तर्फबाट उम्मेदवार उठाउने तयारी गर्दैछन् ।

    ओलीले भने, ‘एमालेले उठाएको उम्मे्दवारमा राष्ट्रिय सहमति हुनुपर्छ ।’ यसअघि सभामुखको निर्वाचनपछि उनले राष्ट्रपतिमा राष्ट्रिय सहमतिमा हुनुपर्ने बताएका थिए । उनले भने, ‘एमालेले उम्मेदवार उठाउँछ । हाम्रो सहमति त्यही हो । यसमा राष्ट्रिय सहमति हुन्छ ।’

  • सम्बन्धित विषय:

  • # केपी ओली
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology