Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

रवि लामिछाने नेपाली मूलको विदेशी नागरिक

रवि लामिछाने नेपाली मूलको विदेशी नागरिक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ११, २०७९ बुधवार • १६:५५:२१ बजे
  • 415
    SHARES
  • रवि लामिछाने नेपाली मूलको विदेशी नागरिक

    उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेपाली मूलको विदेशी नागरिक भएको दाबी गरिएको छ ।

    images

    आज (बुधबार) सर्वोच्चमा गृहमन्त्री लामिछानेको नागरिकता तथा राहदानीसम्बन्धी विवादको मुद्दामाथि अन्तिम सुनुवाइअन्तर्गतको बहसमा रिट निवेदक पक्षका तर्फबाट बसह गर्ने कानुनु व्यवसायीहरुले गृमहन्त्री लामिछाने नेपाली मुलको विदेशी नागरिक भएको दाबी गरेका हुन् ।

    बहसका क्रममा अधिवक्ता रमण कर्णले लामिछाने नेपाली मूलका विदेशी नागरिक भएको हुनाले दल खोल्न र सांसद हुन नपाउने तर्क गरे ।

    अमेरिकाको नागरिकता त्याग गरेपछि पुनः प्राप्तिको प्रक्रियामा नै नगई नागरिकता प्राप्त नहुने भएकाले उनलाई नेपाली नागरिक मान्न नसकिने उनको तर्क थियो ।

    उनले भने– ‘उहाँ (रवि लामिछान)ले त्याग गरेको निस्सा बुझाउन सक्नुभएको छैने, नेपाली मूलको विदेशी नागरिकको रुपमा लामिछाने हुनुहुन्छ ।

    उहाँले दल खोल्न र सांसद हुन पाउनुहुन्न ।’ अमेरिकी पासपोर्ट बोकेर सन् २०१५ मा नेपाल आएको १६ औं दिनमा लामिछानेले नेपालको पासपोर्ट लिएको खुलेको छ । तर उनले पछिमात्रै अमेरिकाको पासपोर्ट त्यागेका थिए ।

    लामिछानेको मुद्दामाथि कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा सम्मेलित संवैधानिक इजलासमा अन्तिम सुनुवाइ जारी छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology