Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

यो कार्यकाल सुशासन र समृद्धिमा समर्पित : प्रधानमन्त्री

यो कार्यकाल सुशासन र समृद्धिमा समर्पित : प्रधानमन्त्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १२, २०७९ बिहिवार • १९:२४:२२ बजे
  • 448
    SHARES
  • यो कार्यकाल सुशासन र समृद्धिमा समर्पित : प्रधानमन्त्री

    प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो अहिलेको कार्यकाल सुशासन र समृद्धिको जनताको आकांक्षामा समर्पित गर्ने बताएका छन् ।

    images

    मारवाडी सेवा समिति नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले जनताको शान्ति, समृद्धि, सामाजिक न्यायको आकांक्षालाई सम्बोधन गर्नुपर्ने र यस पटक सुशासन र समृद्धिको जनताको आकांक्षामा समर्पित गर्ने बताए ।

    उनले सबै मलेर देश बनाउनुपर्ने धारणा राखे । आर्थिक परिसूचकहरु चिन्ताजनक अवस्थामा रहेका बेला सरकारको नेतृत्व गर्ने चूनौतिपूर्ण अवसर पाएको भन्दै उनले आर्थिक लगाएतका समस्या समाधान गर्न सवै क्षेत्रको साथ र सहयोग आवश्यक पर्ने बताए ।

    उनले नेपालको आर्थिक क्षेत्रमा मारवाडी समूदायको भूमिकालाई सरकारले सकारात्मक रुपमा लिदै मारवाडी समूदायका बिभिन्न मागलाई समाधान गर्ने प्रतिवद्धता जनाए ।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology