Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बहुमूल्य वीर्य भएको संसारकै धनी राँगो, जसले हरेक महिना कमाउँछ ४० लाख

बहुमूल्य वीर्य भएको संसारकै धनी राँगो, जसले हरेक महिना कमाउँछ ४० लाख

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १३, २०७९ शुक्रवार • १२:४१:०८ बजे
  • 712
    SHARES
  • बहुमूल्य वीर्य भएको संसारकै धनी राँगो, जसले हरेक महिना कमाउँछ ४० लाख

    थाइल्याण्डमा एउटा राँगो चर्चामा छ । यो राँगोले आफ्ना मालिकका लागि हरेक महिना मनग्य आम्दानी गरिदिने गरेको छ । उक्त भाले अर्नाको वीर्य यति महंगो छ कि त्यसले गर्दा उसका मालिक करोडपति बनिसकेका छन् ।

    images

    उनले राँगोको वीर्य बेचेरै मासिक ४० लाख रुपैयाँ कमाइरहेका छन् । उक्त राँगोको वीर्यलाई भैंसीमा नश्ल सुधारका लागि प्रयोग गर्ने ग्रिएको छ । आफ्नो राँगोको वीर्यबाट मासिक लाखौं कमाइ गरिरहेका किसानको नाम हो मोंगकोल मोंगफेट ।

    उक्त बहुमूल्य वीर्यधारी राँगोको नाम बिग बिलियन हो । उनले आफ्नो राँगोलाई विभिन्न प्रदर्शनी तथा प्रतियोगितामा पनि लैजाने गर्दछन्, जहाँ बिग बिलियनले धेरैपटक पुरस्कार जितिसकेको छ ।

    मोंगफेटसँगै यस्तै जातका २० वटा राँगा र भैंसी छन् । कलासिन सहरमा बस्ने मोंगकोलका अनुसार बिग बिलियनलाई खरिद गर्न चाहने मानिसको ताँती छ ।

    एक जना किसानले त उक्त राँगोका लागि १२ करोड रुपैयाँ दिने प्रस्ताव गरेका थिए, तर उनले बेचेनन् । मोंगकोलले उक्त राँगो करिब १९ लाख रुपैयाँ मूल्यमा किनेका थिए । तर त्यो राँगाले उसको कुल मूल्यको दुई गुणा रकम त हरेक महिना नै कमाइदिने गरेको छ ।

  • सम्बन्धित विषय:

  • # महिना कमाउँछ ४० लाख
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology