कुवेत - राष्ट्रिय पञ्चे बाजा समूह नेपाल कुवेतले दोश्रो अधिवेशन तथा नेपाली नयाँ वर्षको अवसरमा नेपालका चर्चित अतिथि कलाकारको साथमा सांगीतिक कार्यक्रम गर्ने भएको छ।
नेपालका चर्चित अतिथि कलाकारहरुको साथमा आगामी १४ अप्रिलमा सांगीतिक कार्यक्रम गरिने संरक्षक बीबी मल्ल ठकुरीले जानकारी दिएका छन । राष्ट्रिय पञ्चे बाजा समूह नेपाल कुवेतको शुक्रबार फर्वानियामा अध्यक्ष बाबु मल्ल ठकुरीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
राष्ट्रिय पञ्चे बाजा समूह नेपाल कुवेतको सन् २०१९ मा स्थापना भएको थियो । कुवेतको नेपाली समाजमा हुने हरेक साँस्कृतिक कार्यक्रमहरुमा पञ्चे बाजा घन्काएर पञ्चे बाजा समूहले कुवेतबासी नेपालीहरुलाई मनोरंजन प्रदान गर्दै नेपाल मै भएको अनुभूति दिलाउदै आएको छ ।
आगामी अप्रिल १४ मा सस्थाको दोश्रो अधिबेशन नेपाली नयाँ बर्षको स्वागत नेपालबाट अतिथि कलाकारको साथमा गर्ने निर्णय गरेको हुदा उक्त दिन कुवेतमा रहेका नेपाली संघ सस्था ब्याक्ति बिशेष कसैले पनि अर्को कार्यक्रम नपारिदिनु हुन् समेत संरक्षक बीबी मल्ल ठकुरीले सबैमा अनुरोध गरेका छन ।
कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ संस्थाका प्रतिनिधि, पत्रकार, कलाकार, खेलाडी एवं बुद्धिजिविहरुलाई सांगीतिक कायक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाईदिनको निम्ति आयोजकले अनुरोध गरेको छ । साथै अतिथि कलाकारको बारेमा कार्यक्रम हुने स्थान र समय केहि दिन पछि जानकारी गराउने बताईएको छ ।