Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

दान पेटिकाको रकममा तलब थपेर दुर्गमको विद्यालयलाई सहयोग गर्ने मन्त्री किरातीको घोषणा

दान पेटिकाको रकममा तलब थपेर दुर्गमको विद्यालयलाई सहयोग गर्ने मन्त्री किरातीको घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १४, २०७९ शनिवार • १०:२५:२२ बजे
  • 517
    SHARES
  • दान पेटिकाको रकममा तलब थपेर दुर्गमको विद्यालयलाई सहयोग गर्ने मन्त्री किरातीको घोषणा

    पर्यटन, संस्कृति, नागरिक उड्डयनमन्त्री सुदन किरातीको कार्य कक्षमा राखिएको दान पेटिका बन्द गरिएको छ ।

    images

    मन्त्री नियुक्त भएसँगै खादा, मालाको सट्टामा राखेको दान पेटिका बन्द गरेका हुन् । मन्त्री किरातीले दान पेटिका बन्द गरिएको जानकारी दिंदै संकलन भएको रकम शिक्षा क्षेत्रमा लगानी गर्ने बताएका छन् ।

    मन्त्री किरातीले आफ्नो एक महिनाको तलबसमेत थपेर दुर्गमको विद्यालयलाई सहयोग गर्ने घोषणा गरेका हुन् । बिदाबाहेक सात दिनमा दान पेटिकामा संकलित रकम, आफ्नो एक महिना र सचिवालयको १५ दिनको सुविधासमेत जोडेर ६ लाख ४३४ रकम जम्मा भएको मन्त्री किरातीले बताएका छन् ।

    संकलन भएको रकम दुर्गमको विद्यालयमा अक्षयकोष स्थापनार्थ उपयोग गरिने उनले बताए । विद्यालय छनोट गरी चाँडै हस्तान्तरण हुने मन्त्री किरातीको भनाइ छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology