Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पूर्वी जेरुसेलममा गोलाबारी, सात जनाको मृत्यु, तीन घाइते

पूर्वी जेरुसेलममा गोलाबारी, सात जनाको मृत्यु, तीन घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १४, २०७९ शनिवार • १०:३३:५४ बजे
  • 682
    SHARES
  • पूर्वी जेरुसेलममा गोलाबारी, सात जनाको मृत्यु, तीन घाइते

    जेरुसेलम । पूर्वी जेरुसेलमको एक सिनेगोग (यहूदीहरूको प्रार्थनास्थल) मा भएको गाेलाबारीमा सात जनाको मृत्यु भएको छ । पछिल्ला केही वर्षयताको यो सबैभन्दा ठूलो घटना हो । घटनामा कम्तीमा तीन जना घाइते भएका छन्।

    images

    घटना स्थानीय समय अनुसार बेलुका ८:१५ बजे सहरको नेभ याकोभ क्षेत्रमा भएको हो। आक्रमणकारीलाई ‘आतङ्कवादी’ भन्दै प्रहरीले उनको पनि मृत्यु भएको बताएको छ ।

    स्थानीय सञ्चारमाध्यमले आक्रमणकारी पूर्वी जेरुसेलमका प्यालेस्टाइनी भएको बताएका छन् । इजरायली पुलिस कमिश्नर कोबी शाबताईले यसलाई 'हालका वर्षहरूमा सबैभन्दा खराब आक्रमणहरू मध्ये एक' भएको बताए ।

    इजरायलका यहूदीहरू यहूदी शब्बाथको अवसरमा पूर्वी जेरुसेलमको यहूदी बस्तीमा रहेको एउटा सभा घरमा प्रार्थना गर्न भेला भएको बताइएको छ।

    यहुदीहरूले जर्मनीमा नाजी शासनकालमा हलोकास्टमा मारिएका करिब ६० लाख यहूदी र अन्य पीडितहरूको सम्झनामा 'होलोकास्ट मेमोरियल डे' मनाउँछन्।

    मानिसहरू सभा घरमा मारिएकाहरूलाई सम्झन आएका थिए। त्यहाँ जम्मा भएका मानिसहरु बाहिरिने क्रममा आक्रमणकारीले गोली प्रहार गरेका थिए । आक्रमणपछि अधिकारीहरूले आक्रमणकारीलाई गोली हानेको प्रहरीले जनाएको छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology