Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १४, २०७९ शनिवार • ११:३८:४३ बजे
  • 805
    SHARES
  • बढ्यो सुनको मूल्य

    यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ६०० रुपैयाँले उकालो लागेको छ । महासंघले गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबार ६०० रुपैयाँ प्रतितोलाले बढेको जानकारी दिएको हो ।

    images

    गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ४ हजार ७०० रुपैयाँ थियो । जुन, ६०० रुपैयाँले बढ्दै हिजो शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार ३०० रुपैयाँ कायम छ ।

    यो साता नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान नै कायम गर्‍यो । नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख ६हजार ९०० रुपैयाँसम्म पुगेर फर्किएको छ । यही साताको बिहीबार नेपाली बजारमा सुनले उक्त मूल्य कायम गरेको हो । साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला १ लाख ५ हजार रुपैयाँ थियो ।

    यस्तै, सोमबार ३ सय रुपैयाँले बढेको सुनको मूल्य मंगलबार एकै दिन एक हजार रुपैयाँ प्रतितोला बढेको थियो । यसका साथै, बुधबार तोलामा १०० ले घटे पनि बिहीबार ७०० ले बढ्दै हालसम्मकै उच्च मूल्य कायम गरेको थियो 

    जुन, शुक्रबार ११ सय रुपैयाँले घटेर तोलामा १ लाख ५ हजार ८०० रुपैयाँ कायम भएको हो । यस्तै, यो साता चाँदीको मूल्य समेत सामान्य वृद्धि देखिएको छ ।

    सातामा चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १३ सय ८० रुपैयाँ कायम भएको छ । जुन, गत साताको शुक्रबार तोलामा १३ सय ७५ रुपैयाँ कायम भएको थियो ।

  • सम्बन्धित विषय:

  • # बढ्यो सुनको मूल्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology