Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रधानमन्त्री दाहाललाई गृह मन्त्रालयको पनि जिम्मेवारी

प्रधानमन्त्री दाहाललाई गृह मन्त्रालयको पनि जिम्मेवारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १४, २०७९ शनिवार • १४:२९:१६ बजे
  • 295
    SHARES
  • प्रधानमन्त्री दाहाललाई गृह मन्त्रालयको पनि जिम्मेवारी

    राष्ट्रपति विदादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयको जिम्मेवारी दिएकी छन् ।

    images

    शनिबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाहाललाई गृहमन्त्रालयको कार्यभार तोकेको जानकारी दिएको हो ।

    विज्ञप्तिमा गृहमन्त्री रवि लामिछानेले संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिएकाले गृहमन्त्रालयको कार्यभार प्रधानमन्त्री दाहाललाई दिइएको उल्लेख छ ।

    सर्वोच्च अदालतले गैरनागरिक ठहर गरेपछि गृहमन्त्री लामिछानेले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका थिए ।

    लामिछानेले राजीनामा दिएलगत्तै प्रधानमन्त्री दाहालले गृहमन्त्रालयको जिम्मेवारी आफुले लिएका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology