Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएका ३२ जना बढी घाइते

प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएका ३२ जना बढी घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १५, २०७९ आइतवार • ०९:५५:४२ बजे
  • 628
    SHARES
  • प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएका ३२ जना बढी घाइते

    धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाको अनियन्त्रित भीडमा परी ३२ जनाभन्दा बढी घाइते भएका छन् ।

    images

    उनीहरूमध्ये तीन जनाको अवस्था गम्भीर छ । धनकुटा नगरपालिका वडा नं ५ टुँडिखेलस्थित महोत्सवस्थलमा शनिबार क्षमताभन्दा बढी दर्शक भएपछि ठेलमठेल हुँदा सो घटना भएको हो ।

    घाइतेको धनकुटा अस्पतालमा उपचार हुन नसकेपछि १५ जनालाई धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठान र विराटनगर पठाइएको धनकुटाका निमित्त प्रमुख जिल्ला अधिकारी ममता अधिकारीले जानकारी दिए ।

    घाइत ओसार्न एम्बुलेन्स अभाव भएपछि जिल्लाका सबै सरकारी गाडी प्रयोग गरिएको थियो । निमित्त प्रजिअका अधिकारीले घाइतेलाई अस्पताल पुर्याउनका लागि सरकारी कार्यालयका सवारीसाधन प्रयोग गर्न आफूले निर्देशन दिएको बताए ।

    यही माघ ६ गतेदेखि सुरु भएको महोत्सव उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology