Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मेयर बालेनको डोजर आतंकविरुद्ध काठमाडौंमा प्रदर्शन

मेयर बालेनको डोजर आतंकविरुद्ध काठमाडौंमा प्रदर्शन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १५, २०७९ आइतवार • १६:५७:१६ बजे
  • 406
    SHARES
  • मेयर बालेनको डोजर आतंकविरुद्ध काठमाडौंमा प्रदर्शन

    गैरकानुनी रुपमा निजी संरचना भत्काइएको, जथाभावी रुपमा डोजर चलाएको विरोधमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहविरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ ।

    images

    पुस २८ गते श‌ंखमुलस्थित निजी घरमा महानगरपालिकाले नियमविपरीत डोजर चलाएर पर्खाल भत्काएको थियो । शंखमुलका सायल सिंहको घरको पर्खाल भत्काइपछि शाहविरुद्ध प्रर्दशन भएको हो ।

    महानगरले सूचना नै जारी नगरी कम्पाउन्ड भत्काएको र उक्त कदममा कुनै कानुनी आधार नरहेको प्रदर्शनकारीको भनाइ रहेको छ ।

    निजी वाल भत्काउने क्रममा महानगरले घरधनी वृद्धालाई लछारपछार गर्दै मानवअधिकार हनन् गरेको समेत प्रदर्शनकारीले बताएका छन् ।

    काठमाडौंको माइतीघरमा भएको शान्तिपूर्ण प्रदर्शनमा उपत्यकावासी सडक विस्तार पीडित संघर्ष समितिलगायत विभिन्न समूहरूको सहभागिता रहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology