Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

रवि लामिछानेले पाए नागरिकता

रवि लामिछानेले पाए नागरिकता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १५, २०७९ आइतवार • १६:५९:१६ बजे
  • 328
    SHARES
  • रवि लामिछानेले पाए नागरिकता

    रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । उनले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

    images

    शुक्रबार सर्वोच्च अदालतले लामिछानेको नागरिकता अबैध रहेको ठहर गरेपछि उनी आज जिल्ला प्रशासन गएका हुन् । २०५० सालमा लिएको नागरिकता त्यागेर अमेरिकी नागरिक भएका लामिछाने ०७५ मा नेपाल फर्किएका थिए ।

    उनले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकताका लागि निस्सा पेश गरेका थिएनन् । आज उनले अमेरिकी नागरिकता त्यागेको निस्सा पेश गरेपछि नागरिकताकाे प्रमाणपत्र पाएका हुन् ।

    ०५० सालमा लिएर बीचमा त्यागिसकेको नागरिकता नै पेश गरेर उनले नेपाली राहदानी निकालेका थिए । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्दा पनि उनले त्यही नागरिकता निर्वाचन आयोगमा पेश गरेका थिए ।

    त्यसपछि चितवन क्षेत्र नम्बर २ बाट सांसदमा उठ्दा पनि उनले पुरानै खारेज भइसकेको नागरिकता पेश गरेको खुलेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology