Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

रविले तीन दिनमै फिर्ता पाए सभापति पद

रविले तीन दिनमै फिर्ता पाए सभापति पद

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १५, २०७९ आइतवार • १७:३९:२९ बजे
  • 283
    SHARES
  • रविले तीन दिनमै फिर्ता पाए सभापति पद

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई दिन अघि सभापति पद गुमाएका रवि लामिछानेलाई पुनः सभापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । रास्वपाको आज सम्पन्न केन्द्रीय समिति बैठकको निर्णयअनुसार शुक्रबार सभापति पद गुमाएका लामिछाने पुनः सभापति बनेका छन् ।

    images

    शुक्रबार सर्वोच्च अदालतले रविले प्रयोग गर्दै आएको नागरिकता अवैध ठहर गर्दै खारेज गरिदिएपछि रविले पार्टी सभापति, सांसद र गृहमन्त्री पद गुएमाका थिए ।

    लामिछानेले आइतबार नै प्रकृया पूरा गरेर जिल्ला प्रशासन कार्यलय काठमाडौंबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । रविले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै शुक्रबार सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरेको थियो ।

    रविले नागरिकताको प्रमाणपत्र लिएसँगै पुनः गृहमन्त्री नियुक्त गर्नुपर्ने माग उठेको छ । सत्तासाझेदार दल नेकपा एमालेले पुनः गृहमन्त्री नियुक्त गर्न प्रधानमन्त्रीलाई दवाव दिएको बुझिएको छ । सर्वोच्चको फैसलासँगै चितवन–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित रवि गैरसांसद भइसकेका छन् ।

    वर्तमान व्यवस्थाअनुसार गैरसांसदलाई ६ महिनाका लागि मन्त्री बनाउन सकिने व्यवस्था रहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology