Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

रविलाई पुनः ६ महिनाका लागि गृहमन्त्री नियुक्त गर्न ओलीको दवाव, प्रधानमन्त्री भेट्न पुगे बालुवाटार

रविलाई पुनः ६ महिनाका लागि गृहमन्त्री नियुक्त गर्न ओलीको दवाव, प्रधानमन्त्री भेट्न पुगे बालुवाटार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १५, २०७९ आइतवार • १७:४२:१२ बजे
  • 328
    SHARES
  • रविलाई पुनः  ६ महिनाका लागि  गृहमन्त्री नियुक्त गर्न ओलीको दवाव, प्रधानमन्त्री भेट्न पुगे बालुवाटार

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको सरकारी निवास बालुपाटार पुगेका छन् ।

    images

    नागरिकता मुद्दामा दोषी ठहर भएका रवि लामिछानेलाई तत्काल गृहमन्त्री नियुक्त गर्न दवाव दिइरहेको ओली सोही विषयमा छलफल गर्न बालुवाटार पुगेको स्रोतले बताएको छ ।

    शुक्रबार सर्वोच्च अदालतले रविले प्रयोग गर्दै आएको नागरिकता अवैध ठहर गरेको थियो । त्यस लगत्तै रविले सांसद र गृहमन्त्री पद गुमाएका थिए ।

    आइतबार भने रविले प्रकृया पुर्याएर नागरिकता लिइसकेका छन् । नागरिकता लिएसँगै ओलीले रविलाई पुनः गृहमन्त्री नियुक्त गर्न प्रधानमन्त्रीलाई दवाव दिएका हुन् ।

    सर्वोच्चको फैसलासँगै चितवन–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित रवि गैरसांसद भइसकेका छन् । वर्तमान व्यवस्थाअनुसार गैरसांसदलाई ६ महिनाका लागि मन्त्री बनाउन सकिने व्यवस्था रहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology